• सिद्धबाबामा बसमाथि ढुङ्गा खस्दा पाचँ घाईते

    २०७६ अशाेज ११
    पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबामा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा पांच घाइते भएका छन् । पाल्पा-बुटवल सडकखण्डमा पर्ने यो क्षेत्रमा पटक पटक यस्ता घटना भैरहेका छन् ।
    फाइल तस्बिर 
     तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु १ ख ६१८० नम्बरको यात्रुबहाक बसमा ढुंगा खसेपछि चालकसहित ५ जना घाईते भएका प्रहरी चौकी दोभानले जनाएको छ । घाईतेहरुको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गुडिरहेको बसमाथि ढुंगा खसेपछि चालकको दाईने आखामा चोट लागेको छ भने अन्य घाईतेहरुको अवस्था भने सामान्य रहेको छ । 
    याे दुखद  भिडियाे पनी हेर्नुुुस ः