• नेकपा र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच भेटघाट

    भदाै ३०  काठमाडौं 
    नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुबीच छलफल भएको हो । 

    प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको छ । काङ्ग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो । बैठकमा नेपाली काङ्ग्रेस बाँके सभापति किरण कोइरालामाथि भएको आक्रमण र नागरिकता विधेयकमा संविधानका धारा ६ उल्लेखानुसार जानुपर्ने विषयमा छलफल गरिएको कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।