• तिनदिन सम्म देशभरी वर्षा हुने

    २०७६ असाेज १
     नेपालमा आगामी तिन दिन देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ । तर पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ । साथै बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज र भोली सामान्य बदली रही मध्य भागका धेरै स्थानमा र देशका बाँकी भागका केही स्थानहरुमा मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ। मध्य तथा पश्चिमि भु-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने र नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

     यसैबीच बिहानैबाट भइरहेको वर्षासँगै उपत्यका आसपासमा लागेको बादलले भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्