• रबि लामिछानेलाई फेरी हिरासतमै राख्न माग गर्दै निबेदन कसले हाल्यो ?

    काठमान्डौ २०७६ भदाै २३ 
    दिबांगत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित  प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आरोपित अस्मिता कार्कीलाई थुना (हिरासतमा)नै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै आज उच्च अदालत पाटन, हेटौँडा इजालाशमा निवेदन परेको छ । 

    चितवन जिल्ला अदालतले गत भदौ ९ गते आरोपित लामिछानेलाई ५ लाख धरौटि, कडेललाई ३ लाख धरौटी तथा कार्कीलाई साधरण तारेखमा हिरासत बाहिरनै बसेर मुद्धा लडन मिल्ने गरि आदेश गरेको थियो । तर भाद्र ९ गतेको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट निवेदन परेको हो ।

    यो निवेदन उपर भोलि सुनुवाई हुने भएको छ ।यसअघि आरोपित मध्येका लामिछाने र कँडेलले पनि चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै दिएको निवेदनमा हेटौँडा इजलाशले चितवनमा भएको आदेशको प्रतिवेदन माग गरेको थियो ।