• पेट्रोलियम पदार्थको मुल्य घट्यो

    २०७६  भाद्र २४ काठमाडौं
     नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना संचालनमा आएसँगै निगमले मट्टितेल, डिजेल र पेट्रोलमा प्रति लिटर २/२ रुपैयाँ घटाएको हो । 

    पाइपलाइनबाट आजैदेखि पेट्रोलियम पदार्थ ढुवानी शुरु भएको  निगमले जनाएको छ । यो परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट संयुक्त रुपमा स्वीच थिचेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन लगत्तै पाइपलाइबाट आएको पेट्रोलियम पदार्थ भाँडोमा भरिएको थियो ।।