• राष्ट्रपति सहित भिभिआइपीका लागी डेड अर्बको हेलिकप्टर काठमाडौ आयाे

    २०७६ अशाेज २ 
    राष्ट्रपति सहित उच्च पदस्थ व्यक्ती (भिभिआइपी) का लागि सरकारले खरिद गरेको हेलिकप्टर काठमाडौँ आइपुगेको छ । उच्च पदस्थ व्यक्तीहरुको सवारीका लागि नेपाली सेनाले सञ्चालन गर्ने गरी खरिद गरिएको हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको हो ।

     नेपाली दर्ता नम्बर ‘नाइएन-पिएमए’को उक्त हेलिकप्टर १ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको हो । आठ सिट क्षमता भएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्वमा सञ्चालन हुनेछ भने दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने बताइएको छ ।