• प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था यस्ताे.....

    भदाै १७ काठमाडौं   
    सिंगापुरमा स्वास्थ्य उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार गराइरहनुभएका प्रधानमन्त्री अब केही दिनमै उपचार सकेर घर फर्कनुहुने भएको छ ।
     प्रधानमन्त्री सँगै रहनुभएका उहाँका निजी चिकित्सक डाक्टर दिलिप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र भोली सातौं चरणको प्रकृया सम्पन्न भएसँगै प्रधानमन्त्रीको उपचार पूरा हुने जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन ट्विटरमा उल्लेख गर्नुभएको छ । 

    यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल आज सिङ्गापुर जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उहाँहरु आज दिउँसो एक बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिनुभयो ।
      स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उहाँहरु पनि स्वदेश फर्कनु हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानुभएको थियो । उहाँको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।