• यसकारण तक्मे बुढा बिबाह लुकाइ कन्ने केटाे बने......


    जल्दाबल्दा हास्यकलाकार  तक्मेबुढा (विल्सनविक्रम राई) विवाह बन्धनमा बाँधिएको खबर सार्बजनिक भए पछी बिवाह बारे मुख खोलेका छन् । झापाकी सरिना लामा संग गत फागुनमै  बैबाहिक बन्दन मा बाधिएका विल्सन भन्छन – ‘मैले बिहेको खबर लुकाउनुपर्ने कुनै कारण नै थिएन । तर, दुलही पक्षले विभिन्न कारणले सार्वजनिक गर्न नचाहेकाले लुकाएको जस्तो भयो ।’ बहुप्रतिभाशाली कलाकारको पहिचान बनाएका राईले इलामकी सरिना लामासँग परम्परागत शैलीमा विवाहगरेका हुन् । सात महिना अघि बिहे गरे पनि केहि दिन अगाडी दुई जनाको तस्बिर सार्वजनिक भएको थियो ।

    बिहेपछि राईले यसबारे कसैलाई जानकारी दिएका थिएनन। सरिना र विल्सन संगै पढेका  हुन । नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको थियो ।बिहे लगतै उनि हरु हनिमुन मनाउन अस्टेलिया समेत पुगेका थिए ।‘तक्मे बुढा’ नामबाट टेलिफिल्म मेरी बास्सैमा प्रवेश गर्दा पूर्वी नेपालका चम्किला तारा विल्सनविक्रम राईलाई पनि यति लोकप्रिय होला त्यो पात्र भन्ने लागेकै थिएन। तर, समयको गतिलाई पहिल्याउँदै नेपाली हास्य टेलिफिल्ममा नयाँ र पृथक भूमिकामा देखिएका राईले फेरि पछाडि फर्किनु परेन।