• राष्ट्रकवि माधव घिमिरे १०१ वर्षमा प्रबेश

    २०७६  असोज ७
    राष्ट्रकवि माधव घिमिरे आजबाट १०१ वर्षमा प्रबेश गर्नुभएको छ । एक शताब्दी पूरा गरी दोस्रो शताब्दीमा प्रवेश गर्नु भएका राष्ट्रकविको आज १०१औँ जन्मोत्सव मनाइदै छ । यस अवसरमा उहाँलाइ निवासमै पुगेर शुभकामना शुभेच्छा ब्यक्त गर्ने क्रम विहानैबाट शुरु भएको छ । राष्ट्रकवि घिमिरेको जन्म: वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । 

    स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल साहित्यकार घिमिरेले कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख -प्रबन्ध जस्ता विधामा कलम चलाउनु भएको छ । जिवनलाईनै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने राष्ट्रकविका लेखाईहरु दिर्घसाधनाले भरिएका छन् । 
    उहाँको गौरी शोककाव्य सवैभन्दा चर्चित कृति हो । नेपाली साहित्यलाइ उचाइ दिएका राष्ट्रकवि घिमिरेका गीतिनाटक ‘मालती मङ्गले’ र हिमालपारि हिमालवारि तथा विभिन्न गीत संग्रह र निबन्धहरु पनि प्रकाशित छन् ।
    यसैबीच राष्ट्रकविको १०१औं जन्मदिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य र दीर्घायूको शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली वाङमयले अझै लामो समयसम्म काव्य साधक राष्ट्रकवि घिमिरेको साधनामय सृजना प्राप्त गर्न सकोस् भन्नुभएको छ ।।