• कक्षा ११ को २०७६ को रिजल्ट सार्वजनिक , यसरी हेर्नुहोस नतिजा (नतिजा सहित)

    ७ असोज २०७६

     राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । 

    बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । 

    त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् । परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए। १ हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो। 
    कक्षा ११ को २०७६ को रिजल्ट हेर्न तल जानुस ः