• झापाको दुई ठाउँमा बम विष्फोट

    २०७६ भदाै २३ काठमाडौं
     झापा जिल्लामा गतराती २ ठाउँमा बम विष्फोट भएको छ । बिर्तामोड नगरपालिका वडा नं २ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नव निर्मित भवन र गौरादह नगरपालिकामा गएराति बम विष्फोट भएको छ  । 
    राती करिव साढे १२ बजे तिर भएको शक्तिशाली कुकर बम विष्फोटबाट सहकारीमा केही क्षति भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । बम राखिएको थाहा पाएर नेपाली सेनालाई खबर गरिए पनि सेनाको स्पिोजल टोली पुग्नु अघि नै बिस्फोट भएको प्रहरीले जनाएको छ ।

     यसैगरी सोही समयमा गौरादह नगरपालिकामा आज्ञात समूहले बम बिष्फोट गराएको छ । बिफोष्टका कारण नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्वरको स्कोरपियो गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई आज बिहान ४ बजे नियन्त्रणमा लिएको छ । विष्फोटका घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।