• गुरुङ चलचित्र सिमि नासा (पितृलोक) दमाैलीमा भब्य प्रदर्शन


    २०७६ अशाेज ४ पाेखरा ।
     तमु प्ये (शास्त्र) मा आधारित बहु प्रतिक्षित गुरुङ चलचित्र 'सिमि नासा' (पितृलाेक) काे तनहु दमाैलीमा भब्य रूपमा प्रदशर्न भएकाे छ । तमु फिल्मस प्रा.लि. काे ब्यानरमा निर्मित साे चलिचत्र अशाेज ४ गते शनिबार उधोग बाणिज्य हल दमाैलीमा  प्रदशर्न भएकाे हाे ।
     शाे पदर्शन गणडकी प्रदेश सभासद माननीय श्रीमती सरिता गुरूङकाे प्रमुख अातिथ्यता भएकाे थियाे । साथै  सिमि नासा चलचित्रका परिकल्पना कगर गंगा काे तमुले चलिचत्रकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । 
      गुरुङ र नेपाली दुबै भाषामा छायाकन भएकाे चलिचत्र सिमि नासा यस अगाडी स्याङजा, पाेखरा हङकङ, युके मा भब्य प्रदर्शन भइसकेकाे छ । 
      

     तमु संस्कार संकृति भित्रकाे बिल्कुलै पृथक धारको कथाबस्तुमा फिल्म निर्माण भएको 'सिमि नासा' लाइ गंगा को तमुले परिकल्पना गरेका हुन । चलचित्रमा अर्घुम गरे के हुन्छ ? मान्छे मरेपछि कस्तो ठाऊँमा पुग्छ ? जस्ता गहन बिषय समावेश गरिएको लेखक ई. रोशन गुरुङ ले बताउनुभयाे । सबिता गुरुङ, भावना गुरुङ,मेनुका गुरुङ, भेगलाल गुरुङ,नन्द ब.गुरुङ, बुद्धि प्रसाद गुरुङ,इ.रोशन गुरुङ,करण गुरुङ(गोरा),गंगा को गुरुङको सयुक्त लगानीमा बनेको चलचित्रमा भेष गुरुङ, वसन्ती गुरुङ, प्रतिमा गुरुङ, खुशी गुरुङको मुख्य अभिनय रहेको छ ।
     चलचित्रलाई करण गुरुङ (गोरा)ले निदेर्शन गरेका हुन । म्याक्सन फाेर डी स्टुडियाे पाेखरा तथा तमु फिल्मस मा सम्पादन भएकाे चलिचत्रमा करण गुरुङ गाेरा र छवि राना मगरकाे सम्पादन रहेकाे छ । जसलाइ गाेपी गुरुङ , गंगा काे तमु र पुस्कर थापा मगरकाे छायाकन रहेकाे छ ।