• हवाई यात्रुलाई भडामा छुट स्किम लागु । कति प्रतिशत छुट ? जान्नुस

    २०७६ भदाै ३० काठमाडौं
    नेपालमा रहेका वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन । वायु सेवा सञ्चालक सङ्घले दशैँ, तिहार र छठको अवसर पारेर आउदो असोज १२ देखि कात्तिक १७ गतेसम्मको उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको छ । 

    नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे समान्य हवाई भाडा मूल्यमा यात्रुलाई १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने सामान्य भाडामा छुट दिन लागिएको हो । नेपालमा आन्तरिक उडानमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।।