• स्याफ्रुबेंसी -रसुवागढी सडक खण्ड अबरुद्द , सतर्कता अपनाउन प्रशासनले आग्रह

    २०७६  भदाै १५  
    मनसुन सकिन लागेपनी नेपालले प्राकृतिक बिपत दिनहु भाेग्न परीरहेकाे छ । यसै क्रममा  गए राति परेको अबिरल बर्षाका कारण रसुवाको पासाङल्यामु सडकको स्याफ्रुबेंसी –रसुवागढी सडक खण्ड अन्तर्गत कालाङ कुलुङ पुल नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 
    पहिरोले तातोपानीमा पनि सडक अबरूद्ध बनाएको छ । पहिरोका कारण ढुङ्गा र माटो बीच सडकमा जम्मा भएपछि रसुवा भएर आवतजावत गर्ने सबै किसिमका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । पहिरो पन्छाएर अबरूद्ध सडक खुलाउने प्रयास विहानै देखि सुरु गरिएको भएपनि पहिरो ठुलो भएकाले आज दिनभर सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले  जानकारी दिएका छन । सडक माथिबाट ढुङ्गा झरिरहेको हुँदा यात्रा गर्दा  सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस