• हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरीद्वारा सम्मान

    २०७६ भदाै १९
    बिस्वकै सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढि उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाई सम्मान गरे । 

    हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा अब बाँकी रहेका तीन वटा हिमालहरुको आरोहण पुरा गर्ने लक्ष्य रहेको तथा आफु पूर्व ब्रिटिस गोर्खा सैनिक भएको कुरा उक्त विशेष समारोहमा जानकारी गराएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै हिमाल आरोही निम्सको साहस तथा लगन र योगदानको मुग्दकण्ठले प्रशंसा गरे । हिमालको सफल आरोहण कै कारण उनि विश्वमा निम्सको नामले चिनिएको प्रसंग उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपालको गौरवशाली इतिहास र परम्परालाई अगाडी बढाउन उनि सफल रहेको चर्चा गरे ।


     हामीले सशस्त्र प्रहरी बलमा सेवारत रहेकोमा गर्व गर्ने गरेको स्मरण गर्नुहुँदै उनिले दायित्व निर्वाहका क्रममा सेवा तथा सुरक्षा र सहयोगपुर्‍याउने मात्र नभई जोखिमपुर्ण स्थानहरुमा आपत विपद्मा उद्वार कार्यको लागि साहस चाहिने बताउदै त्यो साहस हिमाल आरोही निम्सबाट सिक्न सकिने उल्लेख गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले मान्छेहरुले आफ्नो तथा आफ्ना लागि सोच्ने गरेको तर निम्सले आफ्नो घर समेत विक्रि गरेर हिमाल आरोहण थालेको बताए । 

    उनिले त्यो के का लागि गरे त ? निश्चय नै देशका लागि हो’ भन्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल र नेपालीको नाम विश्वमा फैलाउन उनिले गरेको योगदान वास्तवमै सराहनिय रहेको उल्लेख गरे । कुनै पनि काम मन देखि नै सकारात्मक सोचकासाथ गरिएमा असम्भव केही पनि छैन भन्दै उनले आत्मालाई हरेश खान नदिएर लक्ष्यमा जुट्नु पर्ने र यसबाट जहिले पनि सफलता प्राप्त गर्न सघाउ पुग्ने बताए । 

    छोटो समयमा उनिले गरेको योगदान सराहनीय रहेको तथा ईतिहास रच्ने यात्रामा उनिको प्रयास सम्मानजनक रहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले हिमाल आरोही निम्सको संकल्प र साहसको सबैले कदर गर्नुपर्ने चर्चा गरे । ‘गर्न सक्छु भन्ने आत्मविश्वासकासाथ काम सुरुवात गरेमा कुनै पनि कुरा असम्भव छैन’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने– ‘प्रयास गरेमा विफल हुँदैन, त्यो कुरा हिमाल आरोही निम्सबाट सिक्न सकिन्छ ।

     उनिले सशस्त्र प्रहरी बलले राष्ट्र र जनताको खातीर योगदान पुर्‍याएको उल्लेख गर्दै विपद्का अवस्थाहरुमा जोखिम मोलेर सशस्त्र प्रहरी कर्मचारीले गरेको उद्वार कार्यको सबै तीरबाट प्रशंसा भएको कुरा समेत उल्लेख गरे । विश्व किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाए। 


    हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उनले आफुले आफ्ना लागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताए । उनिले भने– ‘नेपाली भन्दा गर्व लाग्छ ।’‘गर्व र खुशी छु’ हिमाल आरोही निम्सले भने– ‘सशस्त्र प्रहरी बलले निमन्त्रणा गरेर आफ्नो कामको सराहना गरि आफुलाई सम्मान गरेर थप हौसला प्रदान गर्दै उत्प्रेरणा दिएकोमा यस संगठनप्रति आभारी छु ।

     म्याग्दी जिल्लामा जन्मनु भएका मेम्बर अफ ब्रिटिस इम्पायर (एम बी ई)बाट सुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स’ले आफु रोयल नेभीमा स्पेशल फोर्समा समेत कार्यरत रहेको विगत सो समारोहमा बताए । हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गर्नुभएको अनुभव उनिसंग छ । उनिले दुई दिन ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनीज बुक अफ दी वल्र्ड रेकर्डमा रहेको ५ दिन ३ घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको कुरा त्यसअवसरमा जानकारी गराए । Soruce: hamrakura.com 


    को हुन् पूर्जा ? उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन । 

    अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । 

    गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।