• युवतीसँग प्रेममा परेपछी गाउँपालिका अध्यक्ष खाेरमा । फेसबुकले डुबायाे


    २०७६ भदाै २३ 
    प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाइ बहुविवाह गरेको मुद्दा लागेपछि पक्राउ परेका छन उनी आइतबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन। गिरीविरूद्ध श्रीमती सीता केसी गिरीले बहुविवाहको उजुरी दिएकी थिइन।  सीताले गत भदौ १० गते बहुविवाहको मुद्दा दर्ता गरेकी हुन । 

    परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरिन् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी छिन् गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए ।

     साथै उनीहरु वीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।च्याटमा भएको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णुलाई युवतीले ‘बुढो’ भनेर सम्बोधन गरेकी छन् । आफूविरूद्ध मुद्दा दर्ता भएपछि गाउँपालिका अध्यक्ष गिरी आफैं जिप्रका गएका थिए। गिरी २०७४ को चुनावमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। ‘गाउँपालिका अध्यक्ष आइतबारदेखि हिरासतमा हुनुहुन्छ,’

     जिप्रका प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले सेतोपाटीसँग भने, ‘उहाँ जनप्रतिनिधि हो। जिल्ला बाहिर हुनुभएको रहेछ, मुद्दा दर्ता भएपछि आफैं जिप्रका आउनुभयो।’सीताकै उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्। उनी भदौ २० गतेदेखि नै हिरासतमा रहेको प्रहरीले जनाएको छ।गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।