• चलेन रोनाल्डोको जादु , युभेन्टस एटिएम संग बराबरिमा रोकियो

    असोज २
    अाज भएको च्याम्पियन लिग अन्तर्गतको 
    खेलमा २ गोल को अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस बराबरीमा रोकिएको छ । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेल खेल्न स्पेनिस एथ्लेटिको मड्रिडको घरमा पुगेको युभेन्टसले अन्तिम समयमा गोल खाएर २–२ को बराबरीमा रोकिएको हो ।

    खेलको ६५औं मिनेटमा २-० को अग्रता लिए पनि युभेन्टसले घरेलु टोलीसँग अंक बाँड्न बाध्य भयो ।  खेलको ४८औं मिनेटमा जुआन काउडराडोले दर्शनीय गोल गर्दै अग्रता दिलाएका थिए ।
    फेरि खेलको ६५औं मिनेटमा युभेन्टसका लागि ब्लासी माटुइडीले आकर्षक हेडिक गोल गरेर टिमलाई ०–२ को अग्रता दिलाएका थिए । तर, त्यसपछि युभेन्टसले पोस्ट जोगाउन सकेन । खेलको ७०औं मिनेटमा स्टेफान स्याभिकले गोल गरेर घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

    त्यसपछि खेलको ९०औं मिनेटमा एथ्लेटिकोका लागि सब्सिच्युट खेलाडी हेक्टोर हेरेराले गोल गरेपछि खेल २–२ मा टुंगियो । यो बराबरीपछि अब युभेन्टस र एथ्लेटिकोले समूह ‘डी’ मा १–१ अंक बाँडेका छन । खेलमा क्रिस्टियानो रोनाल्डोले गोलका लागु पाएका कैयौ मौका बिफल भएका थिए ।