• उपराष्ट्रपति नन्दकिशाेर पुन मगर कुशल चित्रकार पनी !

    २०७६ अशाेज २  काठमाडौं । 
    उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले रोल्पाको परिवर्तन गाउँपालिका-२ भनभने, राङ्सीको चित्र कोर्न थालेका छन् । यो उनकै घर भएको गाउँ हो । तर, अहिलेको गाउँको होइन उपराष्ट्रपति पुनले १५० वर्षअघिको गाउँको चित्र कोरिरहेका छन।

     आफ्नो गाउँ १५० वर्ष पहिले कस्तो थियो होला भन्ने परिकल्पना गरेर चित्र उपराष्ट्रपति पुनले चित्र तयार गर्न लागेको सचिवालयले जनाएको छ । उनले तयार गर्दै गरेको चित्रमा १५० वर्षअघिको गाउँमा खरको छाना भएका ७/८ वटा चारपाते घरहरु देखिन्छन् । अहिले उक्त गाउँमा सडक, खानेपानी, विजुलीको सुविधा पुगेको छ । ढुंगा र जस्ताको छानो भएका करिब ४० वटा घर छन् ।