• अराजक तत्वको प्रतिवाद गर्न प्रचण्डकाे निर्देशन

    २०७६  भदौ, ३० काठमाडौं 
    भुपु प्रम तथा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।

     संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै निमोठ्न वा मार्न सकिन्छ भनेर अराजकता, भ्रम र आतंकको वातावरण बनाउने प्रयास भइरहेको उनको भनाइ थियो । जनताले ल्याएको परिवर्तन र समाजवादको सपना पूरा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको नेकपा अध्यक्ष प्रचण्डले बताए । उनले दलहरूबीच सुमधुर सम्बन्ध बनाउन र विश्वास जित्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वमन्त्रीसमेत रहेका दिवंगत नेता बोगटीलाई सम्झिए ।