• ‘लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध’ लेखिएको १०० को नयाँ नोट आजदेखि बजारमा

    २०७६ अशाेज ७
    नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको छ। 

    नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै ‘लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध’ अंग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ। पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ।

     उता आज असोज ७ गते मंगलबार २ वटा विकास बैंकले मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । आज तिनाउ मिसन विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सभा आह्वान गरेका हुन् । तिनाउ मि*सनको सभाले नेपाल कम्युनिटीलाई गाभ्ने प्रस्ताव पारित गर्ने छ भने नेपाल कम्युनिटीको सभाले तिनाउ मिसनमा गाभिने प्रस्ताव पारित गर्ने छ ।

     तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई हालै मात्र तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो । मर्जपछि बनेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटीलाई गाभ्न लागेको हो ।