• त्रिभुवन विमानस्थल फेरी दैनिक ७ घन्टा बन्द हुने

    २०७६ मदाै १५ 
    नेपालकाे संचालनमा रहेकाे  एकमात्र अन्तर्राष्ट्रिय एयरपाेर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि आज देखि फेरी दैनिक ७ घन्टा बन्द हुने भएको छ । केही महिना अगाडी पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नती गरिएको थियो । त्यसको ९५ प्रतिशत काम पूरा भएको विमानस्थलले जनाएको थियाे । विमानस्थल स्तरोन्तीकरणको दोस्रो चरण अन्तर्गत् निर्माणका लागि राति साढे ११ बजेदेखि विहान ६ बजेसम्म बन्द गर्न लागिएको जनाइएको छ ।
     दोस्रो चरणमा ट्याक्सी वे र लिंक रोड निर्माणको काम हुनेछ । यो काम पूरा हुन करिब ४ महिना लाग्ने अनुमान गरिएको छ । विमानस्थल सात घन्टा बन्द भए पनि नेपाल वायु सेवा निगमको जापानको ओसाका उडानमा भने असर नगर्ने जनाइएको छ । राति साडे २ बजे ओसाका उडान गर्दै आएको निगमको जहाज उडानका लागि आधा घन्टा निर्माणको काम रोकिने जनाइएको छ । 
    अाउदाे बर्ष नेपाल भ्रमण बर्ष २०२० मा बिदेशी पर्यटकहरू नेपाल अाउदा एयर ट्राफिकमा प्रणालीमा कुनै असहता नहाेस भनेर सरकार यस बिमानस्थलकाे स्ताेरन्नतीमा लागेकाे बताइएकाे छ ।
    नेपाली स्याटेलाइट नेपस्याट-१ ले अन्तरिक्षबाट श्रीलंकाकाे स्टेन प्रयाेग गरी  खिचेकाे तस्बिर हेर्नुस