• जापानमा फ्याक्सी नामक आँधीले जनजीवन प्रभावित

    २०७६ भदाै  २३ एजेन्सीहरू
     जापानको  मुख्य शहर टोकियो नजिकै फ्याक्सी नामक आँधीले जनजीवन प्रभावित भएको छ । आँधीका कारण भारी वर्षा र हुरीसँगै पहिरो समेत गएको छ । २१० किलोमिटर प्रतिघन्टाको बेगमा आएको आँधीका कारण हवाई तथा स्थल यातायात प्रभावित भएका छन । 

    प्रभावित क्षेत्रका एक सय हवाई उडान र रेल सेवा रद्द गरिएको छ । बर्षातसंगै पहिरो जाँदा २ लाख ९० हजार घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । मौसम पूर्वानुमानकर्ताहरुले थप पानी र हुरीको संभावना रहेकोले राजधानी नजिकै रहेको ग्रेटर टोकियो क्षेत्रलाई खाली गर्न सुझाव दिएका छन। 
    कानागावा, सिजुओका र टोकियो प्रिफ्याक्चर क्षेत्रका ३ लाख ९० हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचित गरिएको छ । आँधीका कारण ग्रेटर टोकियोको मुख्य रेल सेवा पनि अवरुद्ध भएको छ । आँधी टोकियोबाट उत्तरतर्फ बढेकाले उत्तर पूर्वी क्षेत्रका सर्वसाधारणलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबाट बच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।।