• मगर चलिचत्र लर्फुका अर्का कलाकारकाे पनी रहेनन (भिडियाे सहित)

    मगर चलचित्र जगतले फेरी अर्का एक कलाकारलाइ गुमाउनु परेको छ ।  म्याक्सन फाेर डी  स्टुडियाेको प्रस्तुतमा बनेको मगर चलचित्र लर्फु पछ्यौरीमा अभनिय गर्नुभएका कलाकार बुुद्धी लुंगेली मगरको हिजो २०७६ अशाेज १० गते मृत्यु भएको हो । चलचित्र लर्फुमा कमेडी कलाकारको रुपमा भुमिका निभाएका लुंगेली देवचुली नगरपालीका ८ मुढेबास नवलपुर का बासीन्दा हुन ।  

    पारिवारकि स्रोतका अनुसार उनको मृत्युको कारण बिपि अर्थात ब्लड प्रेसरकाे कारणले भएको हो । बिबांगत  लुंगेलीको  पहिले देखी नै  कम्मर भन्दा माथीको भाग साधारण मानीस सरहको भएपनी कम्मर मुनी र हातहरु भने सामान्य थिएन । अर्थात उनको शारीरीक बनावट सामान्य मानीस सरहको थिएन । लुंगेलीको पार्थीव शरीरलाइ हिजो अशोज १० गते नै अन्तिम दाहसंस्कार गरिएको थियो ।  स्मरण रहोस यसै चलचित्र लर्फु का नायिका रुपा थापा मगरको पनी गत  २०७५ कार्तिक ६ गते मृत्यु भएको थियो । 

    मगर चलचित्रकि नायिका तथा मगर विद्यार्थी संघ पाल्पाका निबर्तमान अध्यक्ष २१ बर्षिय रूपा थापा मगरको बिबाहको दुलान फर्काएर घर फर्किने क्रममा स्कुटर दुर्घटनामा ज्यान गएको थियाे  ।

     स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै नब दम्पति सवार लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिदा रूपा थापा मगरकाे घटना स्थलमा मृत्यु भएकाे थियाे भने उनकाे श्रीमान घाइते भएका थिए ।  भिडियाे हेर्नुुुस ः