• संविधान दिवसको अवसर घट्यो खाना पकाउने ग्यासको मूल्य

    २०७६ अशाेज ३ काठमाण्डौ 
    नेपालकाे संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । संविधान दिवसको अवसर उपभोक्तालाई राहत दिने गरी एलपी ग्यासकाे  मूल्य समायोजन गरेको हो ।

     यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए  । यसैगरी निगमले अन्तर्राष्टिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर ५० अमेरिकी डलर घटाएको छ । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजमा तेल हाल्न पाइने छ । घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो ।
    गलबन्दी गायक प्रकास सपुतले यसरी मच्चाए काेरियामा तहल्का ः