सांसदमाथी कार्यकर्ताले नै गरे हातपात

२०७६ अशाेज ७
स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गर्दै मञ्चबाट तल झारिदिएका हुन।


विगतमा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूमाथि आज सामान्य विषयमा उनले नै हातपात गराइएको दाबी सांसद् चौधरीले गरे । कार्यक्रमस्थलबाट आधा सहभागि बहिष्कार गरेर बाहिरिएपछि बाँकी रहेका कार्यकर्तामाझ जागरण सभा सम्पन्न गरिएको थियो । सभापति यादवले भने आरोप अस्वीकार गरेका छन् । उनले संसद चौधरीले नै कार्यकर्ता लाई गाली गरेको आरोप लगाए । प्रकाशित :
