• मनसुन सकिन अझै एक साता लाग्ने

     २०७६  असोज ७
    यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय हिजोसम्म भएपनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्नेमा अहिले त्यस्तो नभएको महाशाखाले जनाएको छ । मौसमी वायु अहिले पनि पश्चिमतिर नै सक्रिय भइरहेको छ ।

     त्यसैले अझै एक साता मनसुनको समय लम्बिने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ जुन २० मा मनसुन भित्रिएको थियो । “मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।