• डिफेन्डिङ च्याम्पियन लिभरपुललाई नापोलीले पहिलो खेलमै चखायो नमिठो हार !

    २०७६ असोज १ 
    अाज बाट युराेपियन च्याम्पियन लिग काे यस बर्षकाे समूह चरणका खेलहरू सुरू भएकाे छ  जसमा  साबिक विजेता इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै नमिठो हारको सिकार भएको छ ।

     नेपाली समयअनुसार बुधबार बिहान भएको समूह चरणको पहिलो खेलमा लिभरपुललाई इटालियन नापोलीले २–० ले स्तब्ध बनायो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १० मिनेटमा २ गोल गरेर नतिजा लियो । उसका लागि खेलको ८२औं मिनेटमा ड्राइस मार्टिन्सले पेनाल्टीबाट पहिलो गोल गरेका थिए । 

    बक्समा लिभरपुलका डिफेन्डरले नापोलीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले नापोलीलाई पेनाल्टी दिएका थिए । पहिलो गोल गरेको गरेको १० मिनेटपछि अर्थात् थप समयको दोस्रो मिनेटमा नापोलीले दोस्रो गोल हान्यो । फर्नान्डो लोरेन्टेले उत्कृष्ट फिनिसिङमा गोल गरेपछि खेल नपोलीले २–० ले जित्यो । यो हारपछि साबिक च्याम्पियन लिभरपुललाई सिजनको पहिलो खेलमै नमिठो झट्का लागेको छ । यो जितसँगै नोपाली ३ अंक जोडेर आफ्नो समूहको दोस्रो स्थानमा छ भने समान अंक भएको रेड बुल शीर्ष स्थानमा छ ।