• खड्ग गर्बुजा मगरको गाउँ मराङको चिनारी गीतको भिडियो सार्वजनिक (भिडीयो सहित)

    २०७६ अशाेज ९ 
    वरिष्ट लोकगायक खड्ग गर्बुजाको जन्मगाउँ मराङको “जहाँ म जन्मे” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । बिशेष गरी लाेक गीतमा परिचय बनायका गायक खड्ग गर्बुजाले यस पटक फरक शैलीमा स्वर तथा संगीत दिएका छन । धौलागिरी गाउँपालिका वडा नंं ६ मा पर्ने मराङ गाउँको सबै स्थलहरु समेटेर तयार पारिएको म्युजिक भिडियो बुढा सुब्बा डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको हाे ।

     उक्त म्युजिक भिडियोमा खड्क गर्बुजा मगर र मिना सिंह बुढाले आवाज दिएका छन् भन शब्द तथा संगीत स्वयम् गर्बुजाको रहेको छ । आफू जन्मेको ठाउँलाई चिनाउन र मराङमा भएका ऐतिहासिक, पर्यटकीय तथा साँस्कृतिक क्षेत्रहरुको गीत र भिडियो मार्फत प्रचार प्रसार र संरक्षण गर्ने उद्देश्यले उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको गायक गर्बुजाले बताए । उक्त भिडियोलाई निर्देशन मराङमै जन्मिएर भिडियो तथा डकुमेन्ट्रीको क्षेत्रमा काम गर्दै आएका डिके चाेचाङगी पुन मगरले गरेका छन् ।

     त्यसैगरी छमछम सिजन ३ का उपविजेता शेखर घर्तिमगर र चर्चित मोडल रिना थापा मगर र मालिका डान्स आईडलका विजेता मिना पुन, स्थानीय कलाकार फुलु पुन, मिलन जुग्जाली, राजेश तामाङ लगायतका कलाकारहरूकाे प्रमुख अभिनय गरेका छन् । म्युजिक भिडियाेकोे छायाङ्कन सन्तोष पिठाकोटे मगर, सम्पादन छवि राना मगर र कोरियो ग्राफि पाेखराकै चचिर्त नृत्य निर्देशक लब्सन गुरुङले गरेका छन । भिडिाये काे सम्पादन म्याक्सन फाेर डी स्टुडियाे पाेखरा बगरमा भएकाे हाे । 

    धवलागिरी गाउँपालिका र अन्य विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरी मराङ बृत्तचित्र तथा भिडियो निर्माण समितिले उक्त भिडियो निर्माण गरेको हो । साथै गाउँको ऐतिहासिक, साँस्कृतिक लगायतका पक्षहरु समेटेर तयार गरिएको बृत्त चित्र समेत निर्माणको क्रममा रहेको मराङ बृत्तचित्र तथा भिडियो निर्माण समितिले जनाएको छ । भिडियाे हेर्नुस :

    याे पनी हेर्नुस म्याग्दी राम्चे चिनारी गीत :