• MNO–डा.गोपाल गुरुङ संघीय सभाको निर्णय मंसिर १४ को उपनिर्वाचनमा सहभागि नहुने

    २०७६ अशोज ९ काठ्माण्डौ ।
     मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संघीय सभाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागि नहुने निर्णय गरेको प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । 

    विज्ञप्तीको पुरा अंश तल हेर्नुुस प्रेस विज्ञप्ती : 

    मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनको मिति २०७६-६-६ गते धरानस्थित होटल रत्न इनको हलमा बसेको संघीय सभाको बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागिता नहुने निष्कर्ष सहित मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनले २०७२ को कथित षड्यन्त्रकारी संविधानलाई टेकेर गरिने उपविर्वाचनको घोर बिरोध गर्दर्छ । 

    २०७२ अशोज ३ गते जारी भएको संविधानले समग्रमा बहुसंख्यक जनता समेट्न नसकेको मुठ्ठी भरका नश्लवादी शासकहरुको हितमा नै लेखिएको विभेदपूर्ण रहेको ठहर गर्दै कथित लोकतान्त्रिक संविधानको आवरणमा फेरि पनि सोझा जनतालाई झुक्याउने विगतकै षड्यन्त्रकारी वर्णभेदी संविधानको निरन्तरता भएको निष्कर्ष सहित एमएनओ–डा.गोपाल गुरुङले २०७२ अशोज ३ गते जारी भएको संविधानलाई पुर्नलेखन गरि संविधानको प्रस्तावनामा मूलबासी मंगोल लेखिनुपर्ने दवाव सहित अशोज ३ लाई कालो दिनको रुपमा बिरोध गर्दै आइरहेको सर्वविधितै छ । 

    समानुपातिक समावेशी सिद्धान्तको विश्वव्यापी मान्यता विपरित शासक वर्गको अनुकुलमा खसआर्यलाई अनिवार्य समावेश गर्नु पर्ने बाध्यताकारी व्यवस्थाको हाम्रो संगठनले असहमति जनाउनुका साथै समानुपातिक समावेशीबाट खसआर्यलाई हटाउनु पर्ने माग सहित २०७४ मंसिर १० र २१ गते सम्पन्न भएको तीनै तहको निर्वाचन पछि विविध कारण रित्त रहेको स्थानहरुमा आउदो मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागि नजनाउने यसै प्रेस विज्ञप्ती मार्फत सबैमा जानकारी गराउदछौ । 
    बीर लाल राई 
    संयोजक एमएनओ–डा.गोपाल गुरुङ संघीय सभा काठमाण्डौ ।