• नकारात्मक कुरालाई पनि सकारात्मक रुपमा लिनुपर्छः साम्राज्ञी

    २०७६ अशाेज २
    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘जय भोले’मा काम नगर्दा को एउटा खबर भाइरल नै भयो । चलचित्रमा गाउँले भूमिका भएका कारण साम्राज्ञीले काम नगरेको खबर भाइरल भयो जसले उनकाे चर्काे अाचाेचना समेत भयाे  । यसले साम्राज्ञीलाई निकै नै ठूलो असर गर्यो । साम्राज्ञी भन्छिन्–‘मैले सोच्दै नसोचेको कुरा कसरी आयो मलाई नै थाहा छैन । तर, मैले गाउँले भूमिका नै गर्दिन वा सक्दिन भनेर सोच्ने दर्शकको शंका अब हट्छ । रातो टिका निधारमा हेरेपछि सायद यो कुरा स्पष्ट हुन्छ होला ।

     साम्राज्ञीले बजारमा चल्ने ट्रोल, मिडियामा आउने गसिपलाई सकारात्मक रुपमा हेर्नुपर्ने पनि बताइन् । भनिन्–‘चर्चा नभएको भन्दा त भएकै राम्रो हो । मैले हरेक बर्ष एउटा चलचित्रमा काम गरिरहेकी छु । झन् राम्रो काम गर्ने चाहना बढिरहेको छ । यसैले, काम गर्न भने छाड्नु हुँदैन । बजारमा आउने विभिन्न चर्चा नभएको भन्दा भएको नै राम्रो हो ।

     नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गर्दा सिंगो टिम नै राम्रो भएको खण्डमा आफूले पनि राम्रो काम गर्न सक्ने सुनाइन् । भनिन्–‘यसपटक मैले मारुनी र रातो टिका निधारमा’ जस्तो राम्रो कथामा काम गर्न पाएँ । जनवरीबाट हेमराज वीसीको निर्देशनमा बन्ने चलचित्रको वर्कशप सुरु हुँदैछ । हरेक बर्ष नयाँ र फरक कथामा काम गर्ने रहर बढेको छ ।’