धादिङमा जमिन भासियो स्थानीयमा त्रास

असोज १४ धादिङ
निलकण्ठ नगरपालीकामा पर्ने सुनौला बजार स्थित कुसुण्डेमा जमीन फेरी भासिन सुरु गरे पछी त्यहाँका स्थानीयहरु त्रसित बनेका छन् । सडकमा गुड्दा गुड्दैको सवारी साधनहरु समेत भासीयर खाल्टोमा परेका छन् । जमीन के कारणले भासीयको भन्ने विषयमा स्थानीयहरु अनविज्ञ रहेका छन् । जमीन भासीयका कारण त्यहाँका दर्जनौ घरहरु पहिरोको जोखिममा परेका छन् ।
अहिले सो क्षेत्रमा गुड्दा गुड्दैको सवारीका साधनहरु समेत सडक भासीयर जमीनमा दवेको देखे पछी स्थानीयहरु झनै त्रसित भएका छन् । गत वर्षहरुमा वर्षातको समयमा यसरी भासीने गरेको स्थानीयहरुको भनाई छ । अहिले सडकदेखी आफ्नो बाली नाली र घर भएको स्थानको जमीन भासीन सुरु गरे पछी स्थानीयहरु अझै धेरै त्रसित भएका हुन् ।
बस्ति ओरपर निकै ठुला ठुला खाडल परेर भासीदै गएको छ । गएका वर्षहरुमा भन्दा यस वर्ष नयाँ नयाँ स्थानमा जमीन भासीयको हो । यसरी जमीन भासिन थाले पछी बारीका गह्राहरु समेत चिर चिर पर्न थालेका छन् ।जस्का कारण गाँउ समेत जोखिममा परेको छ ।
