• प्याजबिना पनि भान्सामा चुल्हाे नबल्ने हाेइन : महेन्द्र बलामी

    २०७६ असोज १,  काठमाण्डौ – पछिल्लो हप्तादेखि प्याजको भाउ अस्वभाविक हिसाबले उकालो लागेको छ  ।
    सामान्य अवस्थामा बढीमा ४० रुपैयाँ किलोसम्म पाइने प्याज अहिले १ सय ४० रुपैयाँसम्म पुगेको छ । व्यापारीहरुले भारतबाटै प्याजको भाउ बढेर आएको र अब भारतले निर्यात पनि बन्द गरेको भाउ झनै बढ्ने बताएका छन् । तर साह्रै महँगो भएपछि उपभोक्ताले प्याजको विकल्प खोज्न थालेका छन् । 
    ‘प्याजको भाउ बढ्यो भनेर टाउको ठोक्दै हिँडनुपर्दैन, मैले त प्याजबिना पनि स्वादिष्ट खाना बनाउने गरेकी छु, प्याजको भाउ सस्तो हुँदा पनि मैले एउटा प्याज २ छाकलाई पुर्‍याउने हो, प्याजबिना चुल्हो बल्दैन भनेजसरी हल्ला भएको देखेर छक्क परेकी छु’, बल्खु तरकारी बजारमा भेटिएकी बाग्लुङकी लक्ष्मी केसीले भन्नुभयो । 
    आफूले प्याजको विकल्पमा लसुन र अदुवा प्रयोग गर्ने गरेको केसीले बताउनुभयो ।
    यस्तै मकवानपुरको चित्लाङ घर भइ अहिले काठमाण्डौमा रेष्टुरेन्ट चलाइरहेका महेन्द्र बलामीले पनि खाना र खानाका परिकारमा प्याज नभए पनि उपभोक्ताले स्वाद मानेर खाइरहेको बताउनुभयो ।
    ‘पछिल्लो २/३ दिन प्याजको भाउ छोइसक्नु छैन, मैले प्याज नै नहाली खाना/खाजा बनाइरहेको छ, सबै ग्राहकले स्वाद मानेर खाइरहेका नै छन्, प्याज हाल्दैमा मिठो हुन्छ भन्ने छैन’, बलामीले भन्नुभयो