• अब पशुपतिको भेटी दैनिक रूपमा बैंकमा दाखिला गरिने

    २०७६  असोज १४
     पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा जम्मा गरीने  भएको छ । कोषका सदस्य सचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको हिजो शुरुवात गर्नुभएको हो ।
     कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक बिदाका दिन भेटी बैंकमा दाखिला हुन सक्दैन थियो । दैनिक भेटीघाटी गणना गरी बैंक दाखिला गर्ने क्रममा कोषको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मुचुल्का उठाउनेछन ।