अष्ट्रेलियाका लागि नेपाली राजदूत प्रचण्डका भाइ बने

२०७६ अशाेज ३०
राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित छवी बनाएका महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन्। राजदुत सिफारिसका क्रममा संसदीय सुनुवाई विशेष समितिमा दुईवटा उजुरी परेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राजदुत नियुक्त भएका हुन्।
श्रीमती प्रभा दाहाल अमेरिकाको पिआर होल्डर रहेको भन्दै समितिमा अष्ट्रेलियाका राजदुतमा नियुक्ति पाएका दाहालकोबिरुद्द संसदीय सुनुवाई विशेष समितिमा गत असारमा प्रश्न उठेको थियो। त्यो बेला प्रतिपक्षी दलका सांसद भीमसेनदास प्रधानले गलत मान्छेलाई सिफारिस गरेको भन्दै नाम अनुमोदन गर्नलाई प्रधानमन्त्रीलाइ नै समितिमा झिकाउनुपर्ने प्रस्ताव गरेका थिए।
सुशील कोइराला नेतृत्वको सरकारमा मिलेन्द्र रिजाल सूचना तथा सञ्चारमन्त्री हुँदा दाहाललाई नेपाल टेलिभिजनको अध्यक्ष बनाइएको थियो। नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका दाहाल सञ्चालक समिति अध्यक्ष भए पनि कार्यकारी अधिकार प्रयोग गर्न पाएका थिए।
बाबुको प्रभावकै कारण उनी लामो समय कांग्रेस निकट थिए तर पछिल्लो चुनावमा प्रचण्ड र उनकी पुत्री रेणुको प्रचार अभियानहरूमा लागेका चितवन कांग्रेसका नेताहरू बताउँछन्।दाहालले विगतमा तरुण दलका केन्द्रीय सदस्य र नेविसंघका जिल्ला सदस्य भएर काम गरेको तर पार्टी कमिटीमा भने संलग्न नरहेको कांग्रेस नेताहरु बताउँछन। तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो। याे पनी हेर्नुस ः
