नेपालबाट दिल्ली गएकाे बस दुर्घटना हुदा दुई दर्जनभन्दा बढी नेपाली घाइते



२०७६ कार्तिक ३ 
काठमाण्डाै – नेपालबाट दिल्ली गैरहेको   बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी नेपाली यात्रु घाइते भएका छन् । आइतबार लखनउको इकाना स्टेडियम नजिक बस दुर्घटना भएको हो । 

दुर्घटनामा बसको अघिल्लो भाग क्षतिग्रस्त भएको छ । ड्राइभरलाई निद्रा लागेको कारण बस ट्रकसँग ठोक्किएको अधिकारीहरुले बताएका छन् । नेपालबाट दिल्ली गैरहेको बस आइतबार बिहान अनियन्त्रित हुँदा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।
 बसमा चार दर्जनभन्दा बढी नेपाली यात्रु रहेका थिए । घटनाबारे प्रहरीले सूचना पाउनेबित्तिकै घाइतेहरुलाई एम्बुलेन्सको सहयोगमा लोहिया अस्पताल पुर्‍याइएको थियो । दुर्घटनामा नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्ट लगायत घाइते भएका छन् । 
स्कुटर दुर्घटनामा ज्यान गुमाएकी नायिका रूपा थापा अभिनित चलिचत्र हेर्नुस नेपाली भाषामा