दर्शक बिना खेल्याे उत्तर र दक्षिण काेरियाले बिश्वकप छनाैट खेल

साउथ कोरियाली फुटबल संघले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उपलब्ध गराएकाे तस्बिर ।
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत मंगलबार २ देशबीच खेल भयो । तर यो खेल कुन समयमा भयो, कसरी भयो त्यो कसैलाई थाहा भएन, यो खेलको न त प्रत्यक्ष प्रशारण थियो, न त विदेशी पत्रकार नै उपस्थित थिए, अझ भनौँ मैदानमा एक जना पनि दर्शक उपस्थित थिएनन् ।
