• चिनियाँ जायन्ट विमान नेपाल आएर फर्कियो

    २०७६ अशाेज १५ काठमाण्डाै 
     बहुप्रतिक्षित कार्यतालिका अन्तर्गत चिनियाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको लागि चिनियाँ जहाज काठमाण्डौ आएर फर्किएको छ ।

     बुधबार दिउँसो साढे एक बजे एअर चाइनाको बोइङ ७४७–८०० सिरिजको विशेष जहाज काठमाण्डौ आएर डेढ घन्टापछि फर्किएको हो । त्रिभुवन विमानस्थल स्रोतका  अनुसार जहाजमा पाइलटबाहेक अरु कोही पनि थिएनन्, उनीहरु यहाँको विमानस्थल, रन वे, पार्किङ र भीभीआईपीको सुरक्षा र स्वागतको बारेमा बुझ्न आएका थिए । 

     विमानस्थलबाट बाहिर ननिस्किएरै फर्किए । राष्ट्रपति सी जिन पिङको असोज अन्तिम साता हुने नेपाल भ्रमणको लागि केही दिन पहिले पनि एक चिनियाँ जहाज नेपाल आएर फर्किएको स्रोतले बताएको छ ।
     याे भिडियाे  पनी हेनुर्स ः