• रोशनीले भनिन, महरा मेरा पिता, दुर्व्यवहार भएकै छैन (मिडियाे सहित)

    २०७६ अशाेज १५  काठमाडौँ 
     आरोप लागेकाे २४ घण्टाको समयान्तर नबिन्दै हाल राजीनामा दिएका सभामुखले बलात्कार गरेको भनी आरोप लगाउने पीडित भनिएका रोशनी शाहीको सार्वजनिक भएको भिडियोले समग्र प्रकरणमै नयाँ ट्वीस्ट आएको छ । अघिल्लो भिडियोमा शाहीले महरा आफ्नो कोठामा आएर आफूलाई बलात्कार गरेको र कुटपीट गरेको गम्भीर आरोप लगाएकी थिइन् । तर आज आएको भिडियोमा भने उनले अघिल्लो भिडियोमा आफैंले बोलेका कुराहरुलाई पूरै खण्डन गर्दै आफुमाथि कुनै दुव्र्यवहार नभएको भन्दै बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ । 

    ध्यानयोग्य कुरा के छ भने, अघिल्लो भिडियोमा उनको बोली सुन्दा उनी पूर्ण होसहवासमा नरहेको अनुभव गर्न सकिन्छ । आजको भिडियोमा भने उनको बोली पूर्ण होसहवासमै रहेको छ । सभामुख महरामाथि जर्वजस्ती करणीको आरोेप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफ्नो पछिल्लो भिडियोमा महरा आफ्ना बाबु समान भएको भन्दै आइतबार महरा आफ्नो कोठामा समेत नआएको प्रस्टीकरण दिएकी छन् । 
    नागरिक खवर डटकम अनलाइनलाई मंगलबार १६ मिनेट ४० सेकेन्डको भिडियो अन्र्तवार्ता दिदै शाहीले महरा सर आफ्नो बुबासमानको मान्छे भएको भन्दै उहाामाथि लागेको अरोपमा कुनै सत्यता नभएको बताएकी छन् । त्यस्तै उनले भनेकी छन् रिस उठेको बेलामा मैले केके भने यी सवै निराधार हुन् । त्यसमा कोहीपनि भ्रममा नपर्नुहोला । शाहीले आफुले ८ बर्षदेखि डिप्रेसनमा परेको र औषधी खाइरहेको पनि बताएकी छन् ।
    उनले रिस उठ्दा भनेको कुरालाई पत्रकारले बंग्याएर लेखेको समेत दावी गरेकी छन् ।
    मंगलबार नै घट्नाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताएको थियो । तर, एकाएक शाहीले बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ । 
    साँच्चनै हाल राजीनामा दिएका सभामुख महरा निर्दोष छन् भने यसबारेमा सार्वजनिक पत्रकार सम्मेलन गरेर प्रकाश पार्दा धेरै कुराहरु स्वतः स्पष्ट हुनेछ । त्यसमाथि थप आफू डिप्रेसनको रोगी भनी सार्वजनिक रुपमै स्वीकार्ने आरोपीले सेवन गरिरहेको औषधी, त्यसले पार्ने प्रभावका पाटोलाई समेत समेट्दै विशिष्ट घटनाको रुपमा यसबारे अनुसन्धान गरिनु उचित हुन्छ । भिडियाे हेनुर्स ः