महरा काणड अपडेट : बयानपछि महरालाई अदालत लगियो

२०७६ कात्तिक ३ काठमाडौं
बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत, काठमाडौंमा हाजिर गराइएको छ । आइतबार दिनभर सरकारी वकिल कार्यालयमा बयान लिएपछि थुनछेक बहसका लागि अदालत लगिएको हो । उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ परेका थिए ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यकै कारण बयान दिन नसक्ने उनले बताएका थिए । तर, आइतबार उनको बयान भएको छ । प्रहरीले अनुसन्धान अझै नसकिएको जनाउँदै थप ७ दिन म्याद माग्ने तयारी गरेको छ ।
स्कुटर दुर्घटनामा ज्यान गुमाएकी नायिका रूपा थापा अभिनित चलिचत्र हेर्नुस नेपाली भाषामा
