दोलखामा हिमाल चढ्ने क्रममा स्पेनी नागरिकको ज्यान गयो

२०७६ कार्तिक ३
दोलखा – पर्वताराेहण क्रममा दोलखामा एक जना स्पेनी नागरिकको मृत्यु भएकाे छ । गौरीशंकर गाउँपालिका ९ को गौरीशंकरमा पर्ने ‘चुकिमा गो’ हिमाल आरोहण गर्ने क्रममा ४४ वर्षीया लुइल फेलिपे भल्भरोय गुज्रम्यानको मृत्यु भएकाे हो ।
यो हिमालको उचाइ ६ हजार दुई सय ५८ मिटर रहेको छ । उहाँको ‘स्नो एन्करिंग (हिउँमा डाेरी अड्याउन धारिलाे उपकरण खाेप्ने काम)’ का क्रममा लडेर घटनास्थलमै ज्यान गएको हो भने उहाँका सहकर्मी स्पेनी नागरिक डेभिड सुइला फर्नान्डेस घाइते भएका छन । फर्नान्डेसलाई डोरीको बीचमा अड्किरहेको अवस्थामा उद्धार गरी हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशम बोहराले जानकारी दिनुभयो ।
४ जना स्पेनी नागरिकको टोली हिमाल आरोहणका लागि अन्नपूर्ण ट्रेक एण्ड एक्सपिडिसनमार्फत गएको असोज १२ गते काठमाण्डौबाट दोलखा आएका थिए । बाँकी२ जना आरोहीको अवस्था भने सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ ।
स्कुटर दुर्घटनामा ज्यान गुमाएकी नायिका रूपा थापा अभिनित चलिचत्र हेर्नुस नेपाली भाषामा
