• गीत हटाएर माफी मागेपछि छुटे दुर्गेश

    २०७६  कात्तिक ५ ,
     तिहारको विवादित गीत गाएपछि मंगलबार पक्राउ परेका गायक दुर्गेश थापा छुटेका छन् । कानून विपरीत रहेको विवादित गीत युट्युवबाट हटाएर सार्वजनिक माफी मागेपछि थापालाई छोडिएको अपराध महाशाका प्रमुख एसएसपी सहकूल थापाले जानकारी दिए । 

    गायक थापाले तिहार लक्षित गरी ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत युट्युवबाट सार्वजनिक गरेका थिए । गीतमा प्रयोग भएका शब्द कानून विपरीत र समाजमा असहिष्णुता फैलाउने खालका भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो । उजुरी परेपछि अपराध महाशाखाको टोलीले थापालाई नियन्त्रणमा लिएको थियो ।