• आफूले भर्ना गरेका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैं खर्च

    २०७६ असोज १५
    प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै  उनीहरुलाई दशैँ खर्च पठाउनुभएको छ । 
    सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही पाँच हजार रुपैया खर्च पठाउनुभएको हो ।

     रकम निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।  याे भिडियाे  पनी हेनुर्स ः