• जापानको टोकियो र नागोयामा एक साथ मगर संघको देउसिभैलो कार्यक्रम (फोटो/भिडियो)

    भुवन सिं थापा (जापान)-अक्टूबर २७ आईतबार लक्ष्मीपुजाको दिन जापानमा रहेका मगरहरूले विभिन्न शहरहरूमा तिहार बिशेष देउसी भैलो कार्यक्रमहरू आयोजना गरेर मनाएका छन् । नेपाल मगर संघ जापान केन्द्रीय समिति र नेपाल मगर संघ क्षेत्रीय समिति कान्तोको सामूहिक आयोजनामा टोकियो स्थिति रोयलगार्डेन रेष्टुरेण्टमा भव्यका साथ तिहार बिशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमममा प्रमुख अतिंथि आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्ष पेम्बा शेर्पा रहनुभएको थियो भने सभापतित्व संघका केन्द्रीय अध्यक्ष नविन थापा मगरले गरेका थिए । उद्घोषण महासचिव सागर पुन मगर र क्षेत्रिय समितिका सचिव महेन्द्र थापा मगरले पालैपालो गरेका थिए भने स्वागत मन्तव्यमा कान्तो क्षेत्रीय समितिका अध्यक्ष रित राना मगरले गर्नु भयो ।
    त्यस्तै नेपाल मगर संघ जापानकै अर्को क्षेत्रीय समिति तोकाईले पनि टोयोटा शहरको बिजीबि रेष्टुरेण्टमा कार्यक्रम आयोजना गरी भव्यका साथ सम्पन्न गरेको छ । कार्यक्रमका सभापति तथा तोकाईका अध्यक्ष विकास राना मगरले ब्यस्तताको बावजूदत पनि आफ्नो परम्परालाई र मगर संघलाई माया गरेर कार्यक्रममा आईदिनुहुने सबै मगर तथा गैरमगर आगन्तुकहरूलाई बिशेष धन्यबाद प्रकट गर्नु भयो, भने तोकाईको कार्यक्रम प्रमुख अतिथिमा संघका भुपु अध्यक्ष तथा आदिवासी जनजाती महासंघ जापान क्षेत्रीय समिति तोकाईका संयोजक कौडा बुढा मगर रहेका थिए ।