• स्वास्थ्यका लागि अमला लाभदायी

    सामान्यत अमला अत्याधिक भिटामिन युक्त  फलमा पर्छ । आयुर्बेदमा  यसलाई बहुगुणी वनस्पति  समेत मानिन्छ । अमलालाई भिटामिन ‘सी’ को त खानी नै मानिन्छ । अमला नियमित खानाले आँखाको ज्योति बढ्ने मात्रै नभएर दिमागसमेत तेज बनाउँने तथ्य बिभिन्न परिक्षण र मेडिकल साइन्सले समेट प्रुस्टि गरीसकेकाे छ  । यहाँ अमला खाँदाका फाइदबारे चर्चा गरिएको छ ।
    • अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल् मदत गर्छ । यसो हुँदा युरिक एसिड, किड्नीको समस्या भएका व्यक्तिलाई विशेष फाइदा पुग्छ ।
    •  अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन सघाउँछ ।
    •  अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्त्व पाइन्छ । यसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ ।
    •  अमलाले आँखाको ज्योति बढाउने मात्रै नभएर आँखाको रतन्धो समेत हटाउँछ ।
    •  अमला कपालका लागि विशेष उपयोगी मानिन्छ । अमलालाई कपाल बाक्लो, कालो र चम्किलो बनाउन पनि विभिन्न तरिकाले प्रयोग गरिन्छ ।
    •  अमला खाँदा निद्रा नलाग्ने समस्या हट्छ भने ब्लड सुगर भएका व्यक्तिलाई पनि राहत मिल्छ ।
    • अमला खाँदाको अन्य फाइदा भनेको कब्जियत, अपच, डाइरियाजस्ता समस्या भएकालाई विशेष राहत मिल्छ । अमला खाँदा मुटुसम्बन्धी रोगको जोखिमसमेत कम हुन्छ ।