मगर चलिचत्र नया लर्फु युटुबमा सार्बजनिक


२०७६ कार्तिक २ 
 म्याक्सन फोर दि स्टुडियो को तेस्रो प्रस्तुतिमा रहेको मगर चल्चित्र लर्फु म्याक्सन टिनी नेपाल ( Maxon TV Nepal ) काे  युटुब च्यानल मार्फट रिलिज भएकाे छ  । ङ्उ कर्म , लान्घौ रोह र छिनिंग पिहीन मा लगानी गर्नु भएको निर्माता चेतन रजाली मगरले चलचित्र लरफु (पछ्यौरी)लाइ पहिलो  निर्देशन गर्नु भएको हो , चलचित्र लर्फुलाइ अमर घर्ती मगर ले निर्माण गरेका हुन ।  जसमा टिना घर्ति मगर काे प्रस्तुती रहेकाे छ ।

केशर आले मगर कमल शुर्यबंशी मगर, चेतन रजाली मगर कार्यकारी निर्माता रहेकाे यस चलचित्रमा लेखन /गीत /संगीत समेत चेतन रजाली मगरकै रहेको छ ।  चलचित्रमा कथा अमर घर्ती मगरको रहेको छ । लर्फुलाई नवलपरासीको कावासोटी, झाटे, धोबादी, शंखदेउ, पृथ्वीनगर, पोखरा लगाएत बिभिन्न मनोरम स्थलहरुमा छायान्कन गरिएको छ ।

 चलचित्रलमा ,नारायण सारु मगर,  स्व. रुपा थापा मगर, भिमलाल गाहा मगर, सरस्वती सिन्जाली मगर, प्रतिक्षा राना मगर, बबिन गाहा मगर, कृष्ण राना मगर, कोट ब. बाचे मगर, प्रेम कुमारी आले मगर,  स्व. बुद्रदी लुंगेली मगर, सहज राना मगर लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेकाे छ  । 

सन्तोष पिठाकोटे मगरको छायान्कन रहेको यस चलचित्रलाइ छवि राना मगरले सम्पादन गरेका छन  ।  चलचित्र को सम्पूर्ण सम्पादन कार्य अर्थात् पोस्ट प्रोडक्सन म्याक्सन फोर डी स्टुडियो पोखरामा भएको हो ।मगर बिद्यार्थी संघ पाल्पाका भुपु अध्यक्ष समेट रहेका   यस चलिचत्रका नायिका  रूपा थापा मगर गत साल स्कुटर दुर्घटनामा ज्यान गुमाउनु भएकाे थियाे भने अर्का  कमेडी कलाकार बुद्दी लुंगेली मगरकाे गत अशाेजमा बिपिकाे कारण मृत्यु भएकाे थियाे ।   
 हेर्नुस पुरा चलिचत्र ः