• राष्ट्रिय आबिस्कार केन्द्र (National Innovation Center) काे अाैपचारिक उत्घाटन सम्पन्न

    नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र उद्घाटन भएको छ  ।  18 october 2019 मा राजधानीको किर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको हाे ।त्रिभुवन विश्वविद्यालय हाताभित्र स्थापना गरिएको आविष्कार केन्द्रको शुक्रबार त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति सुधा त्रिपाठी डेनमार्कका प्रो.डा.फ्लेमिङ तोप्से डेभिड कोवास तथा केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रूपमा उद्घाटन गर्नु भएकाे हाे ।
    साे अबसरमा  निमित्त उप कुलपति त्रिपाठीले भनिन ऐतिहासिक कामको सुरुवात भएको छ यसलाई निरन्तरता दिनुपर्छ  । केन्द्रले नेपालभित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्छ। उनले  विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने वैज्ञानिक तथा सीपको उचित मूल्यांकन हुने बताइन।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेनमार्कका गणितिज्ञ प्रो.डा.फ्लेमिङ तोप्सले आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए। नेपाल साँच्चिकै सुन्दर रहेकाे र यसको सुन्दरतालाई कायम राख्न सबै मिलेर काम गर्नुपने बताए,  फ्लेमिङले नेपालले विकासको गति लिदै छ, जसको एक उदाहरण आविष्कार केन्द्रको स्थापना हुनु पनी रहेकाे बताए
    आविष्कार केन्द्रका संस्थापक अध्यक्ष  डा महावीर पुन मगर ले आफूले  नयाँ विचार र प्रतिभा भएकाहरुका लागि  काम गर्ने जमर्को गरेको बताए। नेपालभरि एउटै आविष्कार केन्द्रले पुग्दैन् यसलाई देशभरि विस्तार गर्दै लैजानुपर्छ पुुनले भने आविष्कार गर्न शैक्षिक योग्यता हुनैपर्छ भन्ने छैन। नयाँ विचार सिप भएका जो सुकैले आविष्कार गर्न सक्छन्।उनले नेपालमा पढेलेखेका तथा डाक्टर इन्जिनियरले मात्रै आविष्कार गर्छन भन्ने भ्रम रहेको समेत बताए। आविष्कार केन्द्रले नेपालमा नयाँ प्रविधिको विकास गर्नुका साथै आर्थिक क्षेत्रमा समेत सहयोग पुर्‍याउने बताए ।
    हाल आविष्कार केन्द्रले मेडिकल ड्रोन कुखुराको दाना बनाउने गुन्दु्रक बनाउने अगरबत्ती बनाउने सेलरोटी पकाउने मेसिनका साथै वासिङ मेसिन र पानी फिल्टर गर्ने मेसिन निर्माण गरेको छ।त्यस्तै बाँदर तर्साउने प्रविधि, पानी तताउने प्रविधि अनलाइन टिकट बुकिङ प्रणाली अनलाईन सपिङ प्रविधि सब्जीकोठी प्रविधि तथा वेवी वार्मर जस्ता प्रविधिको आविष्कार गरेको बताए।  करिब डेढ करोडको लागतमा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भएको थियाे । watch video