केही बेरमा नेपाल जोर्डनसँग खेल्दै : २०११ को ‘बदला’ लिने सुनाैलाे माैका । लाइभ यसरी हेर्नुस


२०७६  असोज २८ 
हरेक ४ बर्षामा खेलाइने बिश्व फुटबल जगतकै सबै भन्दा ठुलाे प्रातियाेगिता फिफा विश्वकप  सन् २०२२ मा कतारमा हुने  फुटबलका लागि जारी एसियन छनौट खेलमा दोस्रो चरणअन्तर्गत आज नेपालले आफ्नो चौथो खेल खेल्दैछ । नेपालले अवे खेल जोर्डनसँग उसकै घरेलु मैदानमा खेल्न लागेको हो । खेल नेपाली समयअनुसार आज राति ९ः४५ बजेबाट सुरु हुनेछ । 
नेपालका लागि अर्को चरण जाने सम्भावना जीवितै राख्न आजको खेल ज्यादै महत्त्वपूर्ण छ । यसअघि भएका तीनमध्ये दुई खेल हारेर मात्रै एक खेल जितेको नेपालमाथि आज अनिवार्य जितको दबाब छ । नेपालले छनौटमा तीन खेल खेलिसक्दा हालसम्म १२ गोल खाएको छ भने आफूले मात्रै २ गोल गरेको छ । नेपालले पहिलो खेल कुवेतसँग नेपाल ७–० ले पराजित भएको थियो । कुवेतसँग उसकै मैदानमा हारेपछि नेपालले आफ्नो घरमा चाइनिज ताईपेईसँग २–० को जित निकाल्यो । सो जितपछि नेपालले खातामा पहिलोपटक अंक जोडेको थियो ।

 तर, त्यसपछि नेपालले फिफा वरीयतामा ४४औं स्थानको बलियो टिम अस्ट्रेलियासँग उसकै घरमा खेल्दा ५–० को अर्को नमिठो हार भोग्यो । सो खेलपछि नेपालमाथि दबाब बढेको छ । र, आज जोर्डनविरुद्ध खेल्दा नेपालले स्पष्ट ३ अंक जोड्न नसके अर्को चरणको छनौट थप कठिन बन्नेछ । जोर्डनसँग नेपालको इतिहास भने खासै राम्राे छैन । सन् २०११ को अक्टोबरमा नेपाल र जोर्डन खेल्दा नेपाल अवे मैदानमा ९–० ले पराजित भयो  तर नेपालमा भएकाे हाेम ग्राउणडकाे खेलमा भने नेपालले जाेर्डनलाइ १-१ काे बराबरीमा राेकेकाे थियाे ।  आज नेपाल सोही टिमसँग उसकै घरमा खेल्दैछ, त्यो पनि जित्नैपर्ने दबाबसहित ।

 फिफाको नयाँ वरीयतामा जोर्डन हाल नेपालभन्दा ६३ स्थान माथि छ । नेपाल यतिबेला १६१औं स्थानमा छ । जोर्डन ९८औं स्थानमा छ । समूह ‘बी’मा परेको नेपाल हाल ३ अंकसहित चौथो स्थानमा छ भने जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ । आज नेपालसँग जोर्डनलाई उसकै घरमा हराएर सन् २०११ को नमिठो हारको बदला लिने अवसर छ । तर, त्यसका लागि नेपालले निकै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।  जसकाे लाइभ NTV Plus TV  ले दिने छ । अथवा याे  एप  https://bit.ly/nepal-vs-jordan  डाउनलाेड गरेर  एण्ड्रराेइड फाेनबाट  समेट लाइभ फुटबल काे मजा लिन सकिनेछ । एप डाउनलाेड गर्न यहा जानुस  https://bit.ly/nepal-vs-jordan
LIVE  आज राति ९ः४५  मा
अथवा फेसबुकमा लाइभ हेर्न यहा जानुहाेला : 
https://www.facebook.com/worldlinknepal24

WorldlinkNepal