• आजबाट फोरजी एलटीई सेवाको नेटवर्क देशभर विस्तार

    २०७६ असोज १५
    नेपालकाे प्रमुख दुर संचार सेवा प्रदायक निकाय नेपाल टेलिकमले फोरजी एलटीई सेवाको नेटवर्क आजबाट देशभर विस्तार गर्दै छ । सातै प्रदेशका प्रमुख शहरहरुमा गरिएको सेवा विस्तारको प्रधानमन्त्री के पी शर्मा ओलीले आज सफ्ट लन्चमार्फत औपचारिक शुरुवात गर्नुहुने कार्यक्रम छ । फोर जी सेवा सात प्रदेशका ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ ।

     फोर जीको प्रयोगबाट उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवा प्रवाह सहज हुनेछ । विस्तारित फोरजी एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित भएकाले भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । 

    फोरजी एलटीई सेवासंगै सबै वस्तीहरुमा सेवा पु¥याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म नेपाल टेलिकमको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने टेलिकमले जारी गरेको विज्ञप्ती उल्लेख छ । नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी एलटीई सेवाको शुरुवात गरेको थियो ।


     भिडियाे हेनुर्स ः