अब ३ दिन मौसममा बदली हुने


काठमाडौं, मंसिर ०८
मौसममा भएको बदलीसंगै काठमाण्डौ उपत्यका लगायत देशका उच्च पहाडी र हिमाली भेगमा चिसो बढेको छ । देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा बदली भएको हो ।

 महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अवको ३ दिन मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार आज पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।मौसममा आएको बदलीको क्रम भोली पनि जारी रहने महाशाखाले जनाएको छ ।