विश्वकप छनौट : पहिलो होम म्याचमा पनि नेपाल पराजित । अब सम्भावना कस्ताे ?


मंसिर ३ काठमाडौं
सन२०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जारी एसियन क्षेत्रको दोस्रो चरणको छनौट खेलअन्तर्गत नेपालले पहिलो होम म्याचमा पनि हार व्यहोरेको छ । आज भएको पहिलो होम म्याचअन्तर्गतको खेलमा नेपाल कुवेतसँग ०–१ ले स्तब्ध बन्यो ।
मंगलबार साँझ भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफमा १ गोल खाएर पछि परेपछि पुनः खेलमा फर्किन नसक्दा महत्त्वपूर्ण ३ अंक गुमाउन बाध्य भयो । नेपालको काठमाडौं स्थित दशरथ रंगशालामा हुने तय भएको सो खेल रंगशाला तयार नभहुँदा न्युट्रल भेन्युका रूपमा खेल भुटानमा खेलाइएको थियो ।
तर, जितको चर्को दबाब लिएर भुटान पुगेको नेपाली टोली गोलको खडेरीको पुरानै सास्तीबाट गुज्रिँदा नतिजा निराशााजनक रह्यो । यो हारसँगै नेपालको विश्वकप छनौटमा अर्को चरणको बाटो पनि सकिएकाे छ  । नेपाल यसअघि कुवेतको घरमा ७–० ले पराजित भएको थियो । तर, कुवेतसँग दोस्रोपटक भिड्दा नेपालले सुधारिएको प्रदर्शन गर्दै १ मात्रै गोल खायो ।
आज कुवेतका लागि १ मात्रै विजयी गोल बदर अल मतावाले खेलको २८औं मिनेटमा गरेका थिए । सो गोल खाएपछि नेपाल बाँकी समयमा खेलमा फर्किन सकेन ।
अब यो हारपछि समूह ‘बी’मा रहेको नेपाल ५ खेलपछि हाल ४ अंकसहित चौथो सीमित भएको छ भने कुवेत समान खेलबाट १० अंक बनाएर दोस्रो स्थानमा चढेको छ । Watch Match :